बिराटनगर विरूद्द ४ विकेटकाे जित निकालेकाे भैरहवा प्लेअफमा

एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा विराटनगरलाई ४ विकेटले हराउँदै भैरहवाले क्वालिफायर्सको संभावना बलियो बनाएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १८ ओभर चार बलमा मात्र ९१ रनमा अलआउट भयो । निकै फितलो ब्याटिङ गरेको विराटनगरले २० रन बनाउद चार विकेट खेर फालेको थियो । उसका सुरुवाती चार खेलाडी एकपछि अर्को रुपमा आउट भए । कप्तान पारस खड्का मात्र एक रनमा आउट भए भने अनिल शाह पनि चार रनमा पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका बाबर हायात पनि ६ रनमा आउट हुदा आसिफ शेखले खाता खोल्न सकेनन् । एकपछि अर्को विकेट गुमाएको विराटनगरका कुनैपनि खेलाडी विच गतिलो साझेदारी हुन सकेन । ६४ रनमा ६ विकेट गुमाएको बिराटनगर अन्ततः ९१ रनमा अलआउट भयो ।

उसका रे भान देर मेर्वीले टिमका लागि सर्वाधिक २५ रन बनाए । सुनित महर्जनले १५ रन बनाउदा करण केसीले १८ तथा हरी चौहानले १३ रनको योगदान गरे । लगातार दुई खेलमा जित निकालेको विराटनगरलाई कम स्कोरमा रोक्न मोहम्मद नाभिदले चार तथा अविशान बोहरा र कृष्ण कार्कीले दुई दुई विकेट लिए ।

जवाफमा भैरहवा १९ ओभर चार बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । भैरहवाले पनि उत्कृष्ट सुरुवात भने गर्न सकेन । २१ रनमा पहिलो विकेट गुमाएको भैरहवाले २४ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर प्रदिप ऐरी १० तथा कुशल मल्ल सात रनमा पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका रवीइन्दर सिंहपनि मात्र १२ रनमा आउट भएपछि भैरहवाले ४३ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटका लागि रायन टेन डोइच्टे र कप्तान शरद भेषवाकरले ३३ रनको साझेदारी गरे । तर टिमको स्कोर ७६ रन हुँदा रायन टेन २० रनमा आउट हुन पुगे ।

त्यसको लगत्तै क्रिजमा आएका आरिफ शेख पनि मात्र एक रनमा आउट हुँदा भैरहवाले ८१ रनमा ५ विकेट गुमायो । उसका कप्तान शरद भेषवाकर पनि १६ रनमा आउट भएपछि भैरहवाले ८३ रनमा छैटौ विकेट खेर फाल्यो । अन्तिम ओभरमा भैरहवालाई जित्न ६ रन आवश्यक थियो । जसमा उसले दुई बल अगावै पुरा गर्यो । बलिङमा बिराटनगका रे भान देर मेर्वीले दुई तथा करण केसी, बसन्त रेग्मीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest