ललितपुरकाे इपीएलमा लगातार तेस्राे जित, एक खेल अगाडी नै प्लेअफमा

एभरेष्ट प्रिमियर लिग अन्तर्गत ललितपुुर पेट्रियट्सले लगातार तेस्रो जित निकालेको छ । जितसँगै ललितपुर प्रतियोगिताको प्लेअफको यात्रा पक्का पारेको छ । आज भएको खेलमा ललितपुुरले काठमाडौं किंग्सलाई १० विकेटको भारी अन्तरले हरायो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा एक सय ८ रनमा अलआउट भयो । १३ रन बनाउदा तीन विकेट खेर फाल्यो । ओपनर अमित श्रेष्ठ ६ रनमा आउट भए भने सागर पुनले खाता खोल्न सकेनन् ।

लगत्तै नरेश बुढाऐरले आउट भए । उनले पनि खाता खोल्न सकेनन् । सोमपाल कामीको सट्टा विदेशी खेलाडी केभिन ओब्राइनलाई कप्तानीको जिम्मेवारी सुम्पेको काठमाडौंको विकेट झर्ने क्रम यतिमा रोकिएन । राजु रिजाल ब्यक्तिगत ८ रनमा आउट हुँदा उसले ४२ रनमा चौथो विकेट गुमायो ।

त्यसपछि सुब्रमनियम आनन्दपनि मात्र नौ रन, प्रविन साहुले खाता खोल्न नसक्दा काठमाडौंले ७१ रनमा ७ विकेट गुमायो । काठमाडौंका लागि कप्तान ओब्राइनले ४२ रन बनाए । त्यसपछि पुछारका खेलाडी सिद्धान्त लोहनी र शंसद शेखले काठमाडौंलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर शेख १० रनमा आउट भए भने सिद्धान्त २१ रनमा पेभेलियन फर्किए । बलिङमा पवन सराफले तीन तथा रासिद खान र योगेन्द्र कार्कीले दुई दुई विकेट लिए ।

जवाफमा जयकिशन कोल्सावाला र गौरव तमोर उत्कृष्ट साझेदारीका कारण ललितपुरले १० ओभर तीन बलमा विना विकेटको क्षेतीमा लक्ष्य पुरा गर्यो । जसमा जयकिशनले अविजीत २७ र तोमरले अविजीत ८० रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest