आईपीएलकाे अक्सनमा २ कराेड मूल्यका ९ खेलाडी भारत बाहिरका

इन्डियन प्रिमियर लिग आईपीएलको ११औं सिजनका लागि खेलाडीको लिलामी १८ डिसेम्बरमा हुँदै छ । पहिलो पटक आईपीएलको अक्सन प्रक्रिया बेंग्लोर बाहिर हुँदै छ ।

लिलामीका लागि १ हजार ३ जना क्रिकेटरले आवेदन दिएका थिए । शटलिस्टमा परेका ३ सय ४६ खेलाडीको लिलामी हुन लाग्दा सबैभन्दा महँगा खेलाडीका रुपमा भारतका कोही पनि क्रिकेटर परेका छैनन् ।

२ करोड भारतीय रुपैयाँ सुरुआती मूल्य तोकिएका खेलाडीमा ९ जना भारत बाहिरका छन् । जसमा न्यूजील्याण्डका पूर्व कप्तान बेन्डन म्याकुलम, इंग्ल्याण्डका अलराउण्डर क्रिस बोक्स, श्रीलंकका फास्ट बलर लासिथ मालिां, अष्ट्रेलियाका शान मार्श, डी आर्सी शट, न्यूजील्याण्डका कोरी एन्डरसन, कालिन इंग्राम र इंग्ल्याण्डका सैम करन समावेश छन् ।

यसैगरी १ करोड ५० लाख न्यूनतम मूल्य तोकिएका खेलाडीमा भारतका एक जनामात्रै परेका छन् भने ९ जना भारत बाहिरका छन् । लिलामीको सबैभन्दा बढी मूल्य भारतीय तिब्रगतिका बलर जयदेब उनादकट रहेका छन् । उनको न्यूनतम मूल्य १ करोड ५० लाख भारु तोकिएको छ । उनी गत सिजमा राजस्थान रोयल्सबाट १ करोड १५ लाखमा खेलेका थिए ।

उनी गत सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको २९ औं स्थानमा रहेका थिए । १५ खेलमा जम्मा ११ विकेट लिन सफल भएका थिए । यसैगरी किंग्स इलेवन पञ्जाबका पूर्व अलराउण्डर युवराज सिंह र स्पिनर अक्षर पटेलको मूल्य १ करोड तोकिएको छ । यसैगरी विकेटकिपर ऋद्धिमान साहा र मोहम्मद शामीको मूल्य पनि १ करोड तोकिएको छ ।

पछिल्लो सिजमा युवराजलाई २ करोडमा पञ्जाबले खरिद गरेका थियो । तर उनले ८ खेलमा जम्मा ६५ रन बनाएका थिए ।यस्तै अनक्याप्ड खेलाडीको रुपमा २०१ जना भारतीय तथा २७ विदेशी खेलाडीहरुलाई लिलामीका लागि राखिएको छ

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest