भारतका बलर रेक्सले एकै पारिमा १० विकेट लिए

भारतका तेज गतिका बलर रेक्स राजकुमार सिंहले एकै पारिमा १० विकेट लिएका छन । एकै पारीमा १० विकेट लिने चाैथाे खेलाडी बनेका छन । 
भारतकाे चर्चित क्रिकेट प्रतियोगिता कुच बिहार ट्रफीमा बाँयाहाते राजकुमारले अरुणाचल बिरुद्ध १० विकेट लिए ।

भारतकाे अनन्तपुरमा भएकाे खेलमा रेक्सले ९ दशमलव ५ ओभरमा राजकुमारले मात्र ११ रन दिएर १० विकेट लिए । जसमा उनले ६ ओभर मेडन फाले । जसका कारणा अरूणाञ्चल मात्र ३६ रनमा अलअाउट भयाे । 

एकै पारीमा १० विकेट लिएपछि राजकुमार निकै चर्चामा अाएका छन । विश्व क्रिकेटमा अन्तराष्ट्रिय स्तरमा अहिलेसम्म एकै पारीमा १० विकेट लिने ३ खेलाडी छन । जसमा नेपाली बलर महबुब अालमकाे पनि नाम सामेल छ । उनले माेजाम्बिक विरूद्दकाे खेलमा १० विकेट लिएका थिए ।८सन् २००८ मा जर्सीमा भएकाे खेलमा अालमले सात अाेभर ५ बलमा १२ रन दिएर १० विकेट लिएका थिए । जसका कारण माेजाम्बिक १९ रनमा अाउट भएकाे थियाे । 

यसअघि १९५६ मा जिम लाकेर र १९९९ मा अनिल कुम्लले १० विकेट लिने किर्तीमान बनाएका थिए । 



यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest