माघकाे पहिलाे साताबाट स्कुल क्रिकेट लिग हुँने

माघको ५ देखि १९ गतेसम्म  स्कुल लिग क्रिकेट प्रतियोगिता हुने भएको छ  । लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर प्रतियाेगिता खेलाइनेछ । जसमा दुई समूहको शीर्ष दुई टोलीले सेमिफाइनलको प्रवेश गर्नेछन्  । पुल्चोकस्थित इन्जीनियरीङ मैदानमा हुने प्रतियोगिताको लिग चरणका खेलहरू २० ओभरको र सेमिफाइनल र फाइनल भने २५ ओभरमा खेलाइनेछ। प्रतियोगिताको विजेताले ७१ हजार र उपविजेताले २१ हजार पुरस्कार पाउनेछन्  । यस्तै म्यान अफ दि सिरीज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यानलाइ पनि पुरस्कारकाे ब्यवस्था रहेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest