भारतीय कम्पनी ट्विस्टरले गर्याे ज्ञानेन्द्रलाई १० लाख भारूकाे प्रायाेजन

क्रिकेटर ज्ञानेन्द्र मल्ललाई भारतीय कम्पनी  ट्वीस्टरले १० लाख रूपैयाँ बराबरकाे प्रायाेजन गरेकाे छ ।

ट्वीस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई बर्षको लागि करिब १० लाख भारतीय रुपैंया बराबरको प्रायाेजन गरेकाे हो । ज्ञानेन्द्र र ट्वीस्टरको तर्फबाट केयुर देसाईले आज काठमाडौँमा सम्झौता गरे ।

ज्ञानेन्द्रले गत शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमिएर लिगका खेलको क्रममा ट्वीस्टरको ब्याट प्रयोग गर्न थालेपनि अाैपचारिक सम्झौता भने आज भएको हो ।

याे कम्पनीले यसअघि इण्डिया यू-१९ तथा प्रथम श्रेणीका खेलाडीलाई प्रायाेजन गर्दै अाएकाेमा अन्तरास्ट्रिय खेलाडीलाई गरेकाे भने पहिलो पटक हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest