इंग्ल्याण्डका पूर्व क्रिकेटर जोनाथन लुईस श्रीलंकाको नयाँ प्रशिक्षक

इंग्ल्याण्डका पूर्व क्रिकेटर जोनाथन लुईस श्रीलंकाको नयाँ प्रशिक्षक बनेका छन् ।

उनले श्रीलंकाली राष्ट्रिय टिमका खेलाडीलाई आसन्न विश्वकपका लागि व्याटिङ प्रशिक्षण दिने छन् ।

यसैगरी श्रीलंकाली क्रिकेट बोर्डले अष्ट्रेलियाका स्टीव रिक्सनलाई फिल्डिङ प्रशिक्षक बनाएको पनि जनाएको छ ।

श्रीलंकाको प्रशिक्षक बन्नुअघि ४३ वर्षीय लुईस इंग्ल्याण्डको डरहम काउन्टी क्रिकेट क्लबको मुख्य प्रशिक्षक भएका काम गरेका थिए । उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट १३ एकदिवसीय क्रिकेट खेलेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest