इपीएलमा दाेस्राे पटक ५० हजारकाे क्याच

एभरेष्ट प्रिमियर लिगमा दोस्रो पटक एक्सपर्ट वन हेन्ड क्याच भएको छ । चितवन र विरानगर विचको खेलमा बसन्त रेग्मीको बलमा जर्ज स्कटले लेग साइडमा छक्का प्रहार गर्दा समर्थकले एक हातले क्याच गरेर ५० हजारको हकदार बनेका छन ।

टेलिभिजनमा एक हातले क्याच भएको छ की छैन भनेर टेलिभिजनमा दुई पटक देखाइएको रिप्लेमा स्पष्ट एक हातले क्याच गरेको देखिएको छ । क्याच गर्ने ब्यक्तिको नाम भने आजै फाइनल हुनेछ ।

यसअघि पनि आइतबार पोखरा र भैरहवा बीचको खेलमा कृष्ण कार्कीको बलमा दक्षिण अफ्रिकी खेलाडी रिचार्ड लेभीले प्रहार गरेको छक्काको बललार्इ चोभार इन्डमा बसेका सरुन भट्ट नाम गरेका दर्शकले एक्सपर्ट वन हेन्ड क्याच गरेका हुन् । टेलिभिजनमा दुई पटक रिप्ले गरेर हेर्दा एक हातले क्याच लिएको प्रष्ट भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest