बिराटनगरलाइ जिताउन फेरी करणकाे काँधमा जिम्मेवारी

एभरेष्ट प्रिमियर लिगमा जित्नै पर्ने दबावमा साथ मैदानमा उत्रिएको चितवन टाइगर्सले विराटनगरलाई एक सय ९७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा चार विकेट गुमाउदै एक सय ९६ रन बनायो । चितवनको यो अहिलेसम्म कै ठुलो लक्ष्य हो । पहिलो विकेका लागि ४४ रनको साझेदारी गर्यो । लगातार तीन खेलमा पराजित भएको चितवनका ओपनल सन्दीप सुनार ३० रनमा आउट हुँदा पहिलो विकेट खेर फाल्यो ।

त्यसपछि अर्का ओपनर पउल स्ट्रलिङ पनि १५ रनमा पेभेलियन फर्किदा चितवनको स्कोर ९६ रन थियो । तेस्रो विकेटका लागि दिपेन्द्र ऐरी र जोन सिम्सनले ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर ऐरी ३२ रनमा आउट भए । चितवनका लागि जोन सिम्सनले विस्फोटक ७८ रन बनाए । उनले ४४ बलमा ६ छौका र ५ छक्का प्रहार गरे । यस्तै जर्ज स्कटले १० बलमा २४ रन बनाए ।

जवाफमा राम्रो सुरुवात गरेको बिराटनगरले ३३ रनका पहिलो विकेट गुमायो । उसका ओपनर पारस खड्का १९ रनमा आउट भए । त्यसपछि अनिल शाह ब्यक्तिगत १२ रनमा आउट भएपछि बिराटनगरले ६३ रनमा दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि बाबर हायात र आसिफ शेखले ८३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

जसमा आसिफ ३० रनमा पेभेलियन फर्किदा एक सय ४६ रनमा बिराटनगरले तेस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका रे भान डेर मेर्वीले खाता खोल्न नपाउदै आउट भएपछि उसले चौथो विकेट गुमायो । त्यसपछि विस्फोटक ब्याटिङ गरिरहेका बाबर हायात ब्यक्तिगत ९० रनमा आउट हुदा उसको एक सय ६१ रनमा ५ विकेट झर्यो । उनले ४२ बलमा ५ चौका र ८ छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest