पोखरा राइनोजले काठमाडौं किंग्सलाई १६६ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजले काठमाडौं किंग्सलाई १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै ६५ रन बनायो । बलियो सुरुवात गर्दै पोखराले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो ।

तर ओपनर रिचार्ड लेभी ३८ रनमा आउट हुँदा उसले पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका सुनील धमला मात्र नौ रनमा पेभेलियन फर्किएपछि पोखराले ७७ रनमा दोस्रो विकेट खेर फाल्यो । पोखराको स्कोर एक सय नौ रन हुँदा तेस्रो विकेट झर्यो । उसका कप्तान काहिल काइट्जेर ३७ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका विनोद भण्डारीपनि १७ रनमा पेभेलियन फर्किएपछि पोखराले एक सय ३९ रनमा चौथो विकेट गुमायो । तर उसका मिडिलअडरका खेलाडी राजेश पुलामी र पउल कोलिग्न लगातार रुपमा आउट भएपछि उसले एक सय ५९ रनमा ६ विकेट खेर फाल्यो । कोलिग्न ३७ रनमा आउट भए भने राजेश नौ रनमा पेभेलियन फर्किए ।

बलिङमा विक्रम भुषालले दुई विकेट लिए । जारी प्रतियोगितामा लगातार तीन खेल हारेको पोखरालाई आजको खेल गर या मरको अवस्थामा रहेको छ । यता काठमाडौले जित निकालेमा प्लेअफको नजिक पुग्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest