टस हारेकाे भैरहवा ब्याटिङमा

एभरेष्ट प्रिमियर लिगमा अहिले काठमाडौं किंग्स र भैरहवा ग्लाडियटर्स विच प्रतिस्पर्धा भइरहेको छ । जसमा भैरहवाले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

भैरहवाले काठमाडौंलाई पराजित गरेमा उसले सोझै क्वालिफायर्समा स्थान बनाउने मौका पाउनेछ । तर त्यसका लागि उसले अन्तिम खेल जित्नुपर्ने हुन्छ ।

आज यदि काठमाडौं पराजित भएमा त्यसको फाइदा चितवनलाई हुनेछ । तीन खेलमा दुई जित र एक हार ब्यहोरेको काठमाडौले आज भैरहवालाई पराजित गरेमा उसले प्लेअफको यात्रा लगभग सुनिश्चित गर्नेछ । प्रतियोगितामा अपराजित एक्लो टिम भैरहवा विरुद्धको खेल काठमाडौका लागि निकै महत्वपुर्ण रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest