भैरहवा ग्लाडियटर्सले काठमाडौं किंग्सलाई एक सय ५० रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किंग्सलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा चार विकेट गुमाउदै १३९ रन बनायो । भैरहवाले खराव सुरुवात गर्दै आठ रनमा दुई विकेट गुमायो । उसका ओपनर प्रदिप ऐरीले खाता खोल्न सकेनन् भने हरीशंकर शाह चार रनमा आउट भए ।

त्यसपछि भैरहवाको स्कोर ४० रन हुँदा तेस्रो विकेट झर्यो । उसका विदेशी खेलाडी रायन टेन डोइच्टे १२ रनमा प्रदिप साहुको बलमा आउट भए । तर त्यसपछि रवीइन्दर सिंह र कप्तान शरद भेषवाकरले एक सय नौ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

रवीइन्दरले अविजीत ८६ रन बनाए भने शरदले ३९ रनको योगदान गरे । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप शाहुले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest