काठमाडाैं इपीएलकाे प्लेअफमा, भैरहवा ७ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सले भैरहवालाई ७ विकेटले हराएको छ । जितसँगै काठमाडौंले प्लेअफको यात्रा पक्का पारेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा चार विकेट गुमाउदै १३९ रन बनायो । भैरहवाले खराव सुरुवात गर्दै आठ रनमा दुई विकेट गुमायो । उसका ओपनर प्रदिप ऐरीले खाता खोल्न सकेनन् भने हरीशंकर शाह चार रनमा आउट भए । त्यसपछि भैरहवाको स्कोर ४० रन हुँदा तेस्रो विकेट झर्यो ।

उसका विदेशी खेलाडी रायन टेन डोइच्टे १२ रनमा प्रदिप साहुको बलमा आउट भए । तर त्यसपछि रवीइन्दर सिंह र कप्तान शरद भेषवाकरले एक सय नौ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । रवीइन्दरले अविजीत ८६ रन बनाए भने शरदले ३९ रनको योगदान गरे । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप शाहुले एक एक विकेट लिए ।

जवाफमा काठमाडौंले १९ ओभर एक बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको काठमाडौंले ६८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि एक सय १२ रन हुँदा दोस्रो विकेट गुमाएका उसले एकसय २७ मा तेस्रो विकेट खेर फाल्यो । उसले १७ रन जोड्दा तीन विकेट खेर फालेको थियो ।

तर मध्यम लक्ष्यलाई उसले सहज रुपमा पुरा गर्न सफल भयो । काठमाडौंको जितमा अमित श्रेष्ठले ५१, रोहन मुस्तफाले ३६ तथा सागर पुनले १३ रन बनाए । यस्तै केविन ओब्राइनले अविजीत २९ रनको योगदान गरे । जितसँगै काठमाडौंले प्लेअफको यात्रा पक्का गरेको छ । उसको जितले चितवनलाई प्लेअफमा पुग्ने संभावना निकै कम भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest