नेपाली क्रिकेटका पिलर शक्तिकाे खल्लाे विदाई, नयाँ भुमिकामा पाइला चाल्दै

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान बलर खेलाडी शक्ति गौचनले एभरेष्ट प्रिमियर लिगबाट आफ्नाे खेलाडी करियर अन्त्य गरेका छन् ।

उनकाे करियरकाे अन्तिम प्रतियाेगिता सुखद नभएपनि शक्तिले पूर्व घाेषणा गरेअनुसार नै इपीएललाइ आफ्नाे खेल करियरकाे अन्तिम प्रतियाेगिता बनाए ।

‘शक्ति द पावर’ का बारेमा केहि रोचक तथ्य यस्ता छन

इपीएलमा पाेखरा राहिनाेज लिग चरणबाट नै बाहिरीएपछि उनकाे अन्तिम प्रतियाेगिता जित्ने धाेकाे पुरा हुन सकेन । करिव १८ बर्षकाे क्रिकेट यात्रामा एउटा सशक्त अनि मेहेनती खेलाडी क्रिकेटबाट टाढा हुँदा पक्कैपनि नेपाली क्रिकेटका लागि दुःखकाे कुरा हाे । तर पनि शक्तिले नेपाली क्रिकेटलाइ जति पनि याेगदान दिए त्यसकाे तुलना केहिसँग हुँदैन ।

Shakti Gauchan

नेदरल्याण्डस् विरुद्ध भएकाे पहिलो एकदिवसिय श्रृखंलालाई आफ्नो करियरको अन्तिम अन्तराष्ट्रिय प्रतियाेगिता बनाएका उनले नेपालमा नै कुनै अन्तराष्ट्रिय खेल हाेस र राम्राेसँग बिदाइ लिउँ भन्ने याेजना सोचेका थिए । तर नेपाल क्रिकेट निलम्बन अनि उनकाे विदाइलाइ भब्य बनाउनका लागि साेच्ने ब्यक्ति नहुँदा उनले इपीएललाइ नै करियरकाे अन्तिम प्रतियाेगिता बनाए ।

करिव १८ बर्षे क्रिकेट करियरमा शक्ति एउटा शसक्त खेलाडीका रुपमा रहँदै आएका छन् । शक्तिको विदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ । सन् २००२ देखि अन्तराष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने नेपालका पहिलो खेलाडी पनि हुन । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा सतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटली विरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest