श्रीलंकाकाे कप्तानमा मालिंगा नियुक्त

श्रीलंकको एकदिवसीय र टी –२० क्रिकेटको कप्तानमा तिव्रगतिका बलर लासिथ मालिंगा नियुक्त बनेका छन ।

एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका मालिंगालाई कप्तान बनाइएको हो । मालिंगालाई कप्तानको जिम्मा दिइँदा विकेटकिपर ब्याट्सम्यान डिकवेला उप कप्तान बनेका छन् ।

आसन्न न्यूजील्याण्डविरुद्धको टी ट्वान्टी र एकदिवसीय क्रिकेटका लागि एंजेलो म्याथ्यूज, सीकुगे प्रसन्ना तथा असेला गुणरत्ने पनि टिममा परेका छन् ।

यसैगरी कुशल परेरा, दिनेश चण्डीमल, कुशल मेन्डिस, धनंजया डीसिल्वा, तिषारा परेरा, शनाका, सान्दक, चमीरा, कासुन रजिथा, नोवा प्रदीप तथा लाहिरु कुमारा रहेका छन् ।

श्रीलंकाली टिम अहिले न्यूजील्याण्डमा टेस्ट क्रिकेट खेलिरहेको छ । त्यही उसले जनवरी ३ तारिखमा पहिलो एकदिवसीय क्रिकेट खेल्ने छ । त्यहाँ ३ वटा एकदिवसीय र एउटा टी–२० हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest