इपीएलमा ललितपुर र भैरहवाकाे भिडन्त, विजेता क्वालिफायर्स पुग्ने

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आज ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स विच प्रतिस्पर्धा हुँनेछ । अाजकाे खेलले क्वालिफायर्स पुग्ने टिमकाे टुंगाे लाग्नेछ ।

त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुनेछ । जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ ।

ज्ञानेन्द्र मल्लकाे कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै आजको खेल जित्दै क्वाली फाइर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

आज विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वाली फायर राउण्ड खेल्ने छ । क्वाली फायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest