भैरहवा टस हारेर ब्याटिङ गर्दै

एभरेष्ट प्रिमियर लिगमा अहिले ललितपुर पेट्रियट्स र भैरहवा ग्लाडियटर्स विच प्रतिस्पर्धा भइरहेको छ । जसमा ललितपुरले टस जितेर पहिले भैरहवालाई ब्याटिङको निम्तो दिएको छ ।

जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ । ज्ञानेन्द्र मल्लकाे कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै आजको खेल जित्दै क्वाली फाइर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

आज विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वाली फायर राउण्ड खेल्ने छ । क्वाली फायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest