भैरहवाद्वारा ललितपुरसामु मात्र ९३ रनकाे लक्ष्य

एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सले ललितपुर पेट्रियट्सलाइ मात्र ९३ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १९ अाेभरमा ९२ रनमा अलअाउट भयाे । मात्र ५ रन बनाउदा उसले दुई विकेट खेर फाल्यो । उसका ओपनर मोहम्मद नाभिद र प्रदिप ऐरी मात्र दुई दुई रनमा आउट भए । त्यसपछि रविइन्दर सिंह र कप्तान शरद भेषवाकर पनि सस्तैमा आउट भएपछि भैरहवाले ४० रन बनाउदा चार विकेट खेर फाल्यो । रवीइन्दर २५ रनमा पेभेलियन फर्किए भने शरद मात्र एक रनमा आउट हुन पुगे ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि मात्र चार रनमा आउट भएपछि भैरहवाले ४९ रनमा पाँचौ विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको भैरहवाका खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा सस्तैमा समेटियो । उसका रोहितकुमार पौडेल सात रनमा आउट भए भने कृष्ण कार्की चार तथा कुशल मल्ल मात्र तीन रनमा पेभेलियन फर्किए । भैरहवालाई कम स्कोरमा रोक्न सन्नी पटेलले ५ तथा रासिद खान र योगेन्द्रसिंह कार्कीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest