भैरहवालाइ ६ विकेटले हराउदै ललितपुर इपीएलकाे क्वालिफायर्समा

भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले हराउदै ललितपुरले एभरेष्ट प्रिमियर लिगकाे क्वालिफायर्सको यात्रा पक्का गर्यो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १९ ओभरमा मात्र ९२ रनमा अलआउट भयो । उसले मात्र ५ रन बनाउदा उसले दुई विकेट खेर फाल्यो । ओपनर मोहम्मद नाभिद र प्रदिप ऐरी मात्र दुई दुई रनमा आउट भए । भैरहवाले ४० रन बनाउदा चार विकेट खेर फाल्यो । रवीइन्दर सिंह २५ रनमा पेभेलियन फर्किए भने शरद भेषवाकर मात्र एक रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि मात्र चार रनमा आउट भएपछि भैरहवाले ४९ रनमा पाँचौ विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको भैरहवाका खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा सस्तैमा समेटियो । उसका रोहितकुमार पौडेल सात रनमा आउट भए भने कृष्ण कार्की चार तथा कुशल मल्ल मात्र तीन रनमा पेभेलियन फर्किए । भैरहवालाई कम स्कोरमा रोक्न सन्नी पटेलले ५ तथा रासिद खान र योगेन्द्रसिंह कार्कीले दुई दुई विकेट लिए ।

जवाफमा ललितपुरले १४ ओभर दुइ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । खराव सुरुवात गरेको उसले १० रन हुँदा पहिलो विकेट गुमायो भने १५ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर गौरव तमोर नौ रनमा आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल मात्र चार रनमा पेभेलियन फर्किए । त्यसपछि कुशल भुर्तेलपनि मात्र दुई रनमा आउट भएपछि उसले तेस्रो विकेट गुमायो । सो बेला उसको स्कोरबोर्डमा मात्र २४ रन थियो । त्यसपछि पवन सराफ ब्यक्तिगत २५ रनमा आउट हुँदा ललितपुले ६६ रन बनाएको थियो । तर त्यसपछि जयकिशन काेल्सावालाले २२ र सन्दिप जाेराले १८ रन बनाउदा उसले सहज जित हात पार्याे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest