इपीएलमा काठमाडाैं विरूद्द विराटनगरलाई जित्नै पर्ने दबाव

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) अन्तर्गत आज समूह चरणको अन्तिम खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने एक मात्र खेलमा आज विराटनगर वारियर्स र काठमाडौं किंग्स इलाभेन भिड्दै छन् ।

प्लेअफमा पुग्न विराटनगरलाई जित्नै पर्ने वाध्यता रहेको छ भने काठमाडौं प्लेअफमा पुगिसकेको छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको नेतृत्वमा रहेको विराटनगरले अहिलेसम्म चार मध्य २ खेलमा मात्रै जित हात पारेको छ । काठमाडौंले चार मध्य ३ खेलमा जित हात पार्दै क्वालिफायरमा स्थान सुरक्षीत गरिसकेको छ ।

आजको खेलको नतिजाले चितवन टाईगर्सलाई समेत प्रभाव पार्ने भएकाले काठमाडौं यदि आज पराजित भएमा रनरेटका आधारमा चितवन प्लेअफमा पुग्ने छ । जारी लिगमा काठमाडौंले विराटनगर वारियर्समाथि ७ विकेटको जित निकाल्दा पोखरालाई ५ विकेटले जितेको थियो ।

चितवन टाइगर्सलाई ६ विकेटले पछि पार्दा ललितपुरसँग भने १० विकेटको नराम्रो हार व्यहोरोको थियो । ललितपुरमाथि जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको विराटनगरले पोखरामाथि सुपर ओभरमा रोमाञ्चक जित निकाल्न सफल भयो । भैरहवासँग पराजित भएको विराटगरले चितवनसँग पनि स्तब्ध बनेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest