काठमाडाैं विरूद्द विराटनगरकाे फितलाे ब्याटिङ

एभेरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स विरूद्द विराटनगर वारियर्स दबावमा परेको छ ।

जित्नै पर्ने लक्ष्यमा रहेको विराटनगरले ११ रनमा पहिलो विकेट गुमाउदा ४४ रन बनाउदा ४ विकेट खेर फाल्यो । उसका ओपनर अनिल शाह मात्र ६ रनमा आउट भए भने बाबर हायात ११ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान पारस खड्कापनि २१ रनमा आउट भएपछि उसले तेस्रो विकेट गुमायो ।

लगत्तै आशिफ शेख मात्र दुई रनमा आउट हुँदा विराटनगरले ४४ रनमा चार विकेट खेर फाल्यो । मध्ये क्रमका खेलाडी विच राम्रो साझेदारी हुन नसकेको विराटनगरले ६३ रन बनाउदा ५ विकेट गुमायो । उसका विदेशी खेलाडी रे भान देर मेर्वी चार रनमा आउट भए । त्यसपछि पनि विराटनगरका खेलाडी क्रिजमा धेरै बेर टिक्न सकेनन् । उसले ९३ रन बनाउदा ७ विकेट खेर फाल्यो । सुमित महर्जन २५ रनमा आउट भए भने प्रनिल थापामात्र एक रनमा पेभेलियन फर्किए ।

काठमाडौंका लागि प्रविन शाहुले दुई विकेट लिए । आजको खेलमा विराटनगर पराजित भएमा चितवनले रनरेटका आधारमा प्लेअफमा स्थान बनाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest