हसिम र सञ्जमले कतारमा खेलेकाे मैत्रीपुर्ण खेलकाे म्याच फी ९० हजार रूपैयाँ

कतार क्रिकेट संघले आफ्नो राष्ट्रिय दिवसको उपलक्ष्यमा भाेली आयोजना गर्न लागेको कतारको राष्ट्रिय टोली र एशिया ११ विचकाे खेलका लागि नेपालबाट २ खेलाडी सहभागि हुन गएका छन ।

एशियाका बिभिन्न देशका खेलाडीलाइ समावेश गरेर अायाेजना हुन लागेकाे खेलमा नेपालबाट स्पिनर सञ्जम रेग्मी र उमेर समूहका खेलाडी हसिम अन्सारी कतार प्रस्थान गरेका छन । नेपाली राष्ट्रिय टोली र अन्य खेलाडीहरु एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ब्यस्त रहेकाले  सञ्जम र हसिमलाई सो मैत्रीपूर्ण खेलमा सहभागि गराइएकाे निर्वाचित क्यानले जनाएकाे छ ।

खेलाडीलाई क्यान निर्बाचित समितीका उपाध्यक्ष दीवाकर घलेले बिदाई गरे । दुबै खेलाडीले एक खेल खेलेको आठ/आठ सय डलर (अन्दाजी ९० हजार भन्दा बढि) म्याच फी पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest