काठमाडाैंसँग विराटनगरकाे हारले चितवन प्लेअफमा

काठमाडौंसँग ५ विकेटले पराजित भएपछि विराटनगर वारियर्स एभेरेष्ट प्रिमियर लिगबाट बाहिरीएको छ । विराटनगरको हारले चितवन प्लेअफमा पुगेको छ ।

कीर्तिपुर क्रिकेट मेदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७ ओभर ५ बलमा १०० रनमा अलआउट भयो । जित्नै पर्ने लक्ष्यमा रहेको विराटनगरले ११ रनमा पहिलो विकेट गुमाउदा ४४ रन बनाउदा ४ विकेट खेर फाल्यो । उसका ओपनर अनिल शाह मात्र ६ रनमा आउट भए भने बाबर हायात ११ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान पारस खड्कापनि २१ रनमा आउट भएपछि उसले तेस्रो विकेट गुमायो । लगत्तै आशिफ शेख मात्र दुई रनमा आउट हुँदा विराटनगरले ४४ रनमा चार विकेट खेर फाल्यो । मध्ये क्रमका खेलाडी विच राम्रो साझेदारी हुन नसकेको विराटनगरले ६३ रन बनाउदा ५ विकेट गुमायो । उसका विदेशी खेलाडी रे भान देर मेर्वी चार रनमा आउट भए ।

त्यसपछि पनि विराटनगरका खेलाडी क्रिजमा धेरै बेर टिक्न सकेनन् । उसले ९३ रन बनाउदा ७ विकेट खेर फाल्यो । सुमित महर्जन २५ रनमा आउट भए भने प्रनिल थापामात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पनि उसका कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेन र सय रनमा अलआउट भयो ।

काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन शाहु र विक्रम भुषालले दुई दुई विकेट लिए । जवाफमा काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । राम्रो सुरुवात गर्न नसकेको काठमाडौंले २४ रन बनाउदा तीन विकेट गुमाएको थियो । उसका ओपनर रोहन मुस्तफाले खाता खोल्न सकेनन् भने सागर पुन पनि १० रनमा आउट भए ।

त्यसपछि अमित श्रेष्ठ १४ रनमा पेभेलियन फर्किदा नरेश बुढाऐर मात्र सात रनमा बाहिरीए । ४८ रन बनाउदा ५ विकेट गुमाएको काठमाडौंका जितमा केभिन ओब्राइन र प्रविन साहुले अर्धसतकीय साझेदारी गरे । जसका कारण काठमाडौंले सहज जित निकाल्यो ।

विराटनगरको हारले चितवन रनरेटमा अगाडी रहदै चितवन प्लेअफमा पुगेको छ । अब प्रतियोगिताको फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं तथा इलिमिनेटर राउण्डमा भैरहवा र चितवन खेल्ने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest