इपीएलकाे विजेताले २५ लाख रूपैयाँ पाउने

एभरेष्ट प्रिमियर लिग विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने बताएको छ ।

अघिल्लो संस्करणको विजेताले २१ लाख पाएको थियो । यस्तै यसपटकको प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने भएको छ ।

अन्तर्गत लिग चरणका खेल सकिएपछि आयोजकले पुरस्कार राशीको घोषणा गरेको छ । जसमा अघिल्लो संस्करण भन्दा आयोजकले विजेताको पुरस्कार राशिमा तीन लाख रुपैयाँ बृद्धी गराएको छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताबाट पोखरा बाहिरीसकेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest