बंगलादेशविरुद्ध वेस्टइन्डिज ८ विकेटले विजयी

बंगलादेशविरुद्धको पहिलो टी–२० क्रिकेटमा वेस्टइन्डिज ८ विकेटले विजयी भएको छ ।

सिलेटमा भएको पहिलो खेलमा घरेलु टोली बंगलादेशले दिएको १ सय ३० रनको लक्ष्य वेस्टइन्डिजले ५५ बल बाँकी छदैं २ विकेट गुमाएर पुरा गरेको थियो । ओपनिङ व्याट्सम्यानले ५१ रनको साझेदारी गर्दैै बलियो सुरुआत गरेका थिए । वेस्टइन्डिजका इभेन लुइसले १८ रन बनाए । शाही होपले ५५ रन बनाए ।

उनले ९ वटा बललाई बाउन्ड्रि बाहिर पठाएका थिए । उनले ६ छक्का र ३ चौका प्रहार गरे । त्यसपछि निकोलस पुरन र किमो पौलले अभिजित ३२ रनको साझेदारी गर्दै बंगलादेशमाथि ८ विकेटको जित दिलाए ।

पौल १४ बलमा २८ तथा पुरन १७ बलमा २३ रन बनाउँदै नट आउट रहे । आजको जितसँगै ३ वटा टी–२० सिरिजमा वेस्टइन्डिज १–० ले अगाडि छ । अब दोस्रो टी–२० २० तारिखमा ढाकामा हुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest