न्यूजील्याण्डविरुद्धको पहिलो टेस्टमा श्रीलंका दबाबमा

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्टमा श्रीलंका दबाबमा आएको छ ।

पहिला ब्याटिङ गरेको न्यूजल्याण्डले ५ सय ७८ रन बनाएको थियो । त्यसपछि पहिलो इनिङ शुरु गरेको श्रीलंका २८२ रनमै समेटिएको थियो । तेस्रो दिनमै फ्लो अनमा परेको श्रीलंकाले दोस्रो पारिमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन ।

तेस्रो दिनको खेल सकिँदा श्रीलंकाले २० रन बनाउँदा ३ विकेट गुमाईसकेको छ । न्यूजिल्याण्डले बनाएको पहिलो पारिको रन बराबरी गर्न श्रीलंकालाई २ सय ७६ रन आवश्यक छ भने उसको ७ विकेट मात्रै बचेको छ ।

फ्लो अनमा ब्याटिङ गर्दा श्रीलंकाका धनुष्का गुनाथिलाका ३ रनमा आउट हुँदा दिमुथ करुनारत्ने १० रनमा पेभेलियन फर्किए । धनञ्जय डी सिल्भाले खातानै नखोली आउट भएपछि १३ रनमा ३ विकेट खेल फालेको थियो ।

अब कुशल मेन्डिस र एंगेलो म्याथ्यूजले चौथो दिनको खेल अघि बढाउने छन् । दोस्रो इनिङमा टिम साउथीले २ तथा टे«न्ट बोल्टले एक विकेट लिइसकेका छन् । श्रीलंकाको पहिलो पारि ध्वस्त बनाउँदा टिम साउथीले ६ विकेट लिँदा नेइल वाग्नरले २ विकेट लिएका थिए । श्रीलंकाका तीन जना ब्याट्सम्यानले अर्धशतक बनाए पनि अरु व्याट्सम्यानले ठूलो स्कोर गर्न सकेनन् ।

एंगेलो म्याथ्यूजले ८३, निरोशन डिकवाला ८० रनमा नट आउट रहे । अर्का व्याट्सम्यान करुनारत्नेले ७९ रन बनाउँदा दिलरुवान परेराले १६ रन जोडेका थिए । अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यूजील्याण्डका लागि टम लथमले दाहोरो शतक सहित २६४ रन बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest