अष्ट्रेलिया विरूद्दकाे दाेस्राे टेष्टमा भारत एक सय ४६ रनले पराजित

अष्ट्रेलिया विरूद्दकाे दाेस्राे टेष्टमा भारत एक सय ४६ रनले पराजित भएको छ ।

पर्थमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा ३२६ रन बनायाे । उसकालागि मार्कस ह्यारिसले ७० तथा टिम हेडले ५८ र आरोन फिन्चले ५०, मार्सले ४५ रन बनाए ।  भारतका लागि बलिङमा इसान्त शर्माले चार विकेट लिएका थिए ।

जवाफमा भारत पहिलो पारीमा मात्र दुई सय ८३ रनमा अलआउट भयो । उसका कप्तान विराट कोहलीले एक सय २३ तथा अजिन्क्या राहानेले ५१ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट भए । भारतलाई कम स्कोरमा रोक्न नाथन लियोनले ५ विकेट लिए ।

पहिलो पारिमा ४३ रनको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो पारिमा थप दुई सय ४३ रन बनाउदै भारतलाई दुई सय ८७ रनको लक्ष्य दियो ।उसका लागि उस्मान ख्वाजाले ७२ रन बनाए ।

तर भारत मात्र एक सय ४० रनमा अलआउट भयो । दोस्रो पारिमा भारतका कुनैपनि खेलाडीले अर्धसतक पुरा गर्न सकेनन् । उसका लागि अजिन्क्या राहाने र रिशव पन्तले सर्वाधिक ३०–३० रन बनाए ।

भारतको पारीलाई कमजोर बनाउन मिचेल स्र्टाक र नाथन लियोनले तीन तीन विकेट लिए भने जोस हेजलहुड र प्याट कुमिन्सले दुई दुई विकेट हात पारे । लक्ष्य पक्ष्याउने क्रममा भारत लगातार छैटाैं टेष्टमा पराजित भएकाे हाे । यसअघि लष्य पक्ष्याउदा भारत दक्षिण अफ्रिकासँग २, इंग्ल्याण्डसँग ३ खेलमा पराजित भएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest