Cricnepal.com
Tuesday, January 19, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

सन्दिपकाे सफलतामा अष्टेलियन मिडियाले गरे बखान

cricnepal.com Staff by cricnepal.com Staff
0

दुई वर्षअघि मात्र माइकल क्लार्कसँगै उभिएर नेपाली युवा स्पीनर सन्दिप लामिछानेले भनेका थिए, ‘बिग ब्यास खेल्ने सपना देखेको छु’ । त्यो सपना पूरा हुन दुई दिन बाँकी छ । १८ वर्षे सन्दिपले शुक्रबार मेलबर्न स्टार्सबाट खेल्दै सन्दिपले नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रच्नेछन् ।

पछिल्लो समय विभिन्न देशका फ्रेन्चाइजी लिगमा ब्यस्त रहेका सन्दिपले भारत, क्यानडा, क्यारेवियन र युएईमा आफ्नो प्रदर्शनमार्फत विश्वसामू आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । यससँगै उनले डेविड वार्नर, क्रिश लिन र केइरन पोलार्ड जस्ता विश्वस्तरीय ब्याट्सम्यानहरुको विकेट पनि लिइसकेका छन् ।

यसैक्रममा नेपालले विश्व क्रिकेटमा ठूलो फड्को मार्न सफल पनि भयो । एक दिवशीय र टि–२० मान्यता पायो र पहिलो पटक क्रिकेटको उद्गम मैदान लर्डसमा पनि खेल्यो । मेलर्बनमा खेल्दै गर्दा उनको मनमा घरेलु समर्थकलाई बोकिरहेका हुनेछन् ।

‘मनमा देश र घरेलु क्रिकेट प्रेमीलाई राखेर खेल्नेछु,’ सन्दिपले भने । ‘मैले राम्रो खेलेँ भने नेपाली क्रिकेटसँगै मेरो लागि पनि राम्रो हुनेछ ।’ ‘नेपाली क्रिकेटमा लागेका युवालाई प्रयास जारी राख्न प्रेरणा दिन सक्नेछु जस्तो लाग्छ ।’ ‘खेलकुदमा लागेर पनि धेरै कुरा प्राप्त गर्न सकिन्छ भन्ने सोच्न थालेका छन् ।’

अष्ट्रेलियामा पहिलो पटक ब्यावसायिक क्रिकेट खेल्न लागेका सन्दिपले न्यानो माया र सत्कार पाएका छन् । मेलबर्नका कप्तान म्याक्सवेल, रिकी पोन्टिङ र माइकल क्लार्कसँग उनको परिचयका कारण उनलाई अष्ट्रेलिया नौलो लागेको छैन । इण्डिन प्रिमियर लिग आईपीएलमा म्याक्सवेलसँग खेलेका थिए भने पोन्टिङ दिल्लीका प्रशिक्षक थिए । क्लार्कसँग उनको सम्बन्ध निकै राम्रो छ ।

सन् २०१६ मा हङ्कङमा भएको प्रतियोगितामा १५ वर्षे सन्दिपले क्लार्कलाई यति प्रभावित गरे की उनलाई सिड्नी प्रिमियर क्रिकेटमा आफुसँगै खेल्न निमन्त्रणा दिए । त्यससँगै ६० हजार भन्दा बढीको नेपाली समुदायका कारण पनि सन्दिपले अष्ट्रेलियामा अपनत्व महसुस गर्दै आएका छन् ।

Tags: Sandeep Lamichhane
  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal