सहवागकाे एकेडेमीमा ३ युवा क्रिकेटरलाई प्रशिक्षणकाे माैका

नेपाली तीन जना युवा खेलाडी सुशिल कोइराला फाउन्डेसनाको छात्रबृतीमा भारतमा रहेको विरेन्द्र सहवाग अन्तराष्ट्रिय एकेडेमीमा प्रशिक्षणको मौका पाएका छन ।

कोइराला फाउन्डेसनको पहलमा यू–१६ टिमबाट रित गौतम र त्रितराज दाश तथा भुपेन्द्र उप्रेतीले सहवाग एकेडेमीमा प्रशिक्षण गर्ने अवसर पाएका छन । उनीहरुले एक महिना प्रशिक्षण गर्नेछन । जसमा मुख्य फोकस ब्याटिङमा हुनेछ । जसका आधा खर्च विरेन्द्र सहवाग एकेडेमीले ब्यहोर्ने छ भने बाँकि खर्च कोइराला फाउन्डेसनले दिनेछ ।

कोइराला फाउन्डेसनको स्कोलरसिपमा जाने उनीहरुलाई यो अवसर दिनमा आगामी दिनमा युवा खेलाडीलाई प्रोत्साहन गर्न सजिलो होस भनेर गरेका प्रशिक्षक विनोद दाशले बताए । कोइराला फाउन्डेसनको पहलमा तीनै खेलाडीले प्रशिक्षणको अवसर पाएका हुन ।
उनले सो एकेडेमीमा बीसीसीआइका सर्टिफाइड प्रशिक्षकले प्रशिक्षण दिने भएकाले पनि खेलाडीका लागि फलदायी हुने उनले धारणा राखे । तीनै खेलाडी २० तारिखमा जानेछन ।

नेपालले आउदो अप्रिलमा यू–१९ विश्वकप छनोट खेल्नेछ । जसका लागि जेनेवरी महिना देखि ब्यक्तिगत रुपमा प्रशिक्षण गराउने र यी तीन खेलाडीले पनि सो विश्वकपमा छनोटमा सहभागिता जनाउने दाशले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest