एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सद्वारा ललितपुर सामु एक सय ९ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिगकाे पहिलो क्वालिफायर्समा काठमाडौं किंग्सले ललितपुर प्यार्टियट्सलाई एक सय ९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर ब्याटिङको निम्तो पाएको काठमाडौ १९ अाेभर ५ बलमा एक सय आठ रनमा अलआउट भयो । उसले १९ रन हुँदा पहिलो विकेट गुमायो भने ८५ रनमा ६ विकेट खेर फाल्यो । उसका ओपनर अमित श्रेष्ठ नौ रनमा आउट भए भने रोहन मुस्तफा ३२ रनमा पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका केभिन ओब्राइनपनि मात्र एक रनमा आउट भए भने नरेश बुढाऐरपनि एक रनमा नै बाहिरीए । त्यसपछि राजु रिजालले खाता खोल्न सकेनन् भने सिद्धान्त लोहनी १६ रनमा आउट भए ।

काठमाडौंका कुनैपनि खेलाडी विच बलियो साझेदारी हुन सकेन । जसका कारण उसले ९९ रन बनाउदा ७ विकेट गुमायो । त्यसको लगत्तै सागर पुन पनि २९ रनमा आउट हेदा उसले आठौं विकेट खेर फाल्यो । अन्ततः काठमाडौं एक सय आठ रनमा समेटियो ।बलिङमा पवन सराफले तीन विकेट लिए भने सन्नी पटेल र योगेन्द्रसिंह काकीले दुई दुई र ललित राजवंशी एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest