काठमाडाैंमाथि एक विकेटकाे राेमाञ्चक जित निकाल्दै ललितपुर इपीएलकाे फाइनलमा

काठमाडौंलाई हराउँदै ललितपुर पेट्रियट्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायर्समा ललितपुर प्यार्टियट्सले काठमाडौंमाथि एक विकेटको रोमाञ्चक जित निकाल्यो ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर ब्याटिङको निम्तो पाएको काठमाडौ १९ ओभर ५ बलमा एक सय आठ रनमा अलआउट भयो । उसले १९ रन हुँदा पहिलो विकेट गुमायो भने ८५ रनमा ६ विकेट खेर फाल्यो । उसका ओपनर अमित श्रेष्ठ नौ रनमा आउट भए भने रोहन मुस्तफा ३२ रनमा पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका केभिन ओब्राइनपनि मात्र एक रनमा आउट भए भने नरेश बुढाऐरपनि एक रनमा नै बाहिरीए । त्यसपछि राजु रिजालले खाता खोल्न सकेनन् भने सिद्धान्त लोहनी १६ रनमा आउट भए । काठमाडौंका कुनैपनि खेलाडी विच बलियो साझेदारी हुन सकेन । जसका कारण उसले ९९ रन बनाउदा ७ विकेट गुमायो ।

त्यसको लगत्तै सागर पुन पनि २९ रनमा आउट हेदा उसले आठौं विकेट खेर फाल्यो । अन्ततः काठमाडौं एक सय आठ रनमा समेटियो । बलिङमा पवन सराफले तीन विकेट लिए भने सन्नी पटेल र योगेन्द्रसिंह काकीले दुई दुई र ललित राजवंशी एक विकेट हात पारे ।

जवाफमा ललितपुरले नौ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । तीन रनमा पहिलो विकेट गुमाउको ललितपुरले २० रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि उसले स्कोरबोर्डमा अरु ३४ रन जोड्दा थप तीन विकेट गुमायो । उसका ओपनर गौरव तमोर एक रनमा आउट भए भने जयकिशन कोल्सावाला सात रनमा पेभेलियन फर्किए ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ले २१ तथा पवन सराफ १९ रनमा आउट भए । लगत्तै सन्दिप जोरा खाता खोल्न नपाउदै बाहिरीए । प्रदिप साहुले एकै ओभरमा तीन विकेट लिएपछि ललितपुर झन दबावमा पर्यो । उसले ५४ रनमा नै ६ विकेट गुमाउन पुग्यो । त्यसपछि सातौ विकेटका लागि योगेन्द्रसिंह कार्की र कुशल भुर्तेल विच ३७ रनको साझेदारी हुँदा ललितपुरलाई जितको आशा पलाएको थियो ।

तर कुशल २९ रनमा आउट हुँदा ललितपुरले ९१ रनमा सात विकेट गुमायो । त्यसपछि अरु १० रन जोड्दा उसले थप दुई विकेट गुमायो । अन्तिममा योगेन्द्रसिंह कार्कीले साहसिक ब्याटिङ गर्दै टिमलाई फाइनलमा पुर्याए । जसमा उनले अविजीत २८ रन बनाए । बलिङमा प्रदिप साहु र केभिन ओब्राइन र रोहन मुस्तफाले दुई दुई विकेट लिएपनि टिमलाई हारबाट बचाउन सकेनन् । अब काठमाडौंले फाइनल प्रवेशका लागि भैरहवा र चितवन विचको विजेतासँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest