अम्पायरसँग अभद्र ब्यवहार गरेकाे भन्दै सन्नी पटेल कारवाहीमा

इपीएलको पहिलो क्वालिफायर्समा काठमाडौं विरुद्धको खेलमा भारतीय खेलाडी सन्नी पटेलले देखाएको ब्यवहारका कारण उनी कारवाहीमा परेका छन ।

कीर्तिपुर मैदानमा आज भएको खेलमा काठमाडौ विरुद्धको खेलमा सन्नीले आफु आउन नहुदा पनि आउट दिएको भन्दै अम्पायरसँग बाझेपछि आइसीसीको आचारसंहिता बिपरीत ब्यवहार गरेको भन्दै उनलाई लेभल २ को कारवाही सुनाएको छ । जसमा उनले ७५ प्रतिशत म्याच फि गुमाउने भएका छन ।

सन्नीको सो विकेट ब्याट र प्याडमा लागेको भएपनि अम्पायरले आउट दिएका थिए । जसका कारण सन्नी केहि आक्रोसित भएका थिए । यो विषयमा कप्तान ज्ञानेन्द्र मल्लेपनि अम्पायरको निर्णय आपत्तिजनक रहेको बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest