आइपिएल अक्सनमा जयदेव र बरून सबै भन्दा महंगा खेलाडी

राजस्थान रोयल्सले जयदेव उनादकटलाई सर्वाधिक रकम तिरेको छ । गत संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीको २९ औं स्थानमा रहेका थिए । उनले प्रतियोगिताभर ११ विकेट लिएका थिए । बनेका उनादकटको न्यूनतम मूल्य १ करोड ५० लाख रहेकोमा अक्सनमा सबैले बोली लगाए पछि राजस्थाननले ८ करोड ४०लाख खर्चिएर किनेको हो ।

५० लाख न्यूनतम मूल्य रहेका मोहित शर्मालाई चेन्नाई सुपर किंग्सले ५ करोड खर्चिएको छ । यसैगरी अक्षर पटेललाई दिल्लीले ५ करोड खर्चदा कार्लोस ब्रेथवाइटलाई कोलकताले पनि ५ करोड खर्चिएको छ ।

मोहम्मद शामीलाई पञ्जाबले ४ करोड ८० लाखमा खरिद गर्दा लासिथ मालिंगामाथि मुम्बईले न्यूनतम मूल्य २ करोडमै किन्न तयार भयो । ७५ लाख न्यूनतम मूल्य तोकिएका इशान्त शर्मालाई दिल्ली क्यापिटल्सले १ करोड १० लाखमा किनेको छ ।

यसैगरी पहिलो चरणमा हैदरावादले ऋद्धिमान साहलाई १ करोड २० लाखमा किन्दा निकोलस पुरनमाथि पञ्जाबले ४ करोड २० लाख खर्चिएको थियो ।

१ करोड ५० लाख न्यूनतम मूल्य तोकिएका जोन ब्रेस्टोलाई हैदरावादले २ करोड २० लाखमा खरिद गरेको छ । यसैगरी अक्षर पटेललाई दिल्लीले ५ करोडमा किन्दा मोइसेस हेनरिक्सलार्ई न्यूनतम मूल्य १ करोडमा पञ्जाबले किनेको छ । गुरकित सिंहलाई बेंग्लोरले न्यूनतम मूल्य ५० लाखमा खरिद गरेको छ ।

मोहित शर्मालाई चेन्नेइले ५ करोड, मोहम्मद सामी ४ दशमलव आठ करोड पञ्जावले, लसिथ मालिंगालाई २ करोडमा मुम्बई इन्डियन्सले, इसान्त शर्मालाई १ दशमलव १ करोडमा दिल्लीले खरिद गरेको छ । यस्तै निकोलश पुरन ४ दशलमव दुई करोडमा विक्रि भए भने जोनी बेइस्ट्रो २ दशमलव २ करोड सनराइजर्स हैदरावादले कार्लोस ब्रेथवेट ५ करोडमा कोलकातामा अनुबन्ध भए । यस्तै दिल्लीले अक्सर पटेललाई ५ करोड, मोइसेस हेनसिक्सलाई १ करोड पञ्जावले खरिद गर्यो ।

पहिलो चरणमा युवराज सिंह अनरोल्ड रहे भने चेतेश्वर पुजार, एलेक्स हल्समा पनि कुनै खेलाडीले चासो देखाएनन् । यस्तै साम कुरान ७ दशलमव २ करोड बैंलोरले लियो भने बरुन चक्रवर्ती ८ दशलमव चार करोड पञ्जावले भित्र्यायो । शिंभव दुबवे ५ करोड बैंलोरमा जाँदा कोलीन इन्ग्राम ६ दशलमव ४ करोड दिल्लीले लग्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest