न्यूजिल्याण्ड र श्रीलंका विचकाे पहिलाे टेष्ट बराबरीमा

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्टमा श्रीलंकाले बराबरी गरेको छ ।

पहिले ब्याटिङ गरेकाे श्रीलंकाले पहिलो पारीमा २ सय ८२ रन बनाएकाे थियाे । जवाफमा न्यूजील्याण्डले ५ सय ७८ रन बनाएको थियो । पहिलाे पारीमा २ सय ९६रनले पछि परेको श्रीलंकाले दोस्रो पारिमा ३ विकेट गुमाउँदै २ सय ८७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । न्यूजील्याण्डलले चौथो दिनभरि विकेट लिन नसक्दा श्रीलंका सम्हालिएको थियो ।

श्रीलंकालाई बराबरीमा ल्याउन कुशल मेन्डिसले १४१ तथा एन्जेलो म्याथ्यूजले १२० रनको नट आउट पारि खेले । न्यूजील्याण्डका टिम साउथीले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।

न्यूजील्याण्डले पहिलो पारिमा ५७८ रन बनाउँदा टम लाथम नट आउट रहँदै दोहोरो शतक सहित २६४ रन बनाएका थिए । उनी पहिलो टेस्टको म्यान अफ दी म्याच भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest