चितवनबाट भैरहवाले पायाे १४० रनकाे लक्ष्य

एभरेष्ट प्रिमियर लिगको एलिमिनेटर राउण्डमा चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा आठ विकेट गुमाउदै ३९ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको चितवनले १८ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर सन्दिप सुनार मात्र चार रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान पृथु बास्कोटापनि खाता खोल्न सकेनन् ।

चितवनको स्कोर २४ रन हुदा तेस्रो विकेट झर्यो । उसका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुन सकेन । जसमा उसले ७५ रन बनाउदा ५ विकेट गुमाउन पुग्यो । पउल स्ट्रलिङ १४ रनमा आउट भए भने जोन सिम्पसन पनि १४ रनमा नै पेभेलियन फर्किए । यस्तै भिम शार्की र जर्ज स्कट पनि नौ नौ रनमा आउट भए ।

चितवनका लागि दिपेन्द्रसिंह ऐरीले अर्धसतकिए पारी खेले । जारी प्रतियोगितामा दोस्रो अर्धसतक प्रहार गर्ने क्रममा उनले ५६ रन बनाए । दिपेन्द्र आउट हुँदा चितवनको स्कोरबार्डमा एक सय २६ रन थियो । उसका लागि कमलसिंह ऐरीले १३ रन बनाए । बलिङमा मोहम्मद नाभिदले तीन तथा अभिनाश बोहराले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest