विग ब्यासकाे उद्घाटन खेलमा एडीलेड स्ट्राइकर ५ विकेटले विजयी

अष्ट्रेलियन क्रिकेट प्रतियोगिता विग ब्यास लिग आजबाट सुरु भएको छ । जसमा उद्घाटन खेलमा एडीलेड स्ट्राइकर ५ विकेटले विजयी भएको छ ।

ब्रिसबेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिम १९ ओभर चार बलमा एक सय ४६ रनमा अलआउट भयो । उसका कप्तान क्रिस लेनले ३३ रन बनाए भने पेइरसनले २४ तथा ब्रायन्टले २२ रनको योगदान गरे । बलिङमा रासिद खानले तीन विकेट लिए ।

जवाफमा एडीलेडले १९ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा एलेक्स कारेले ७०, जोनाथन विल्सले २४ रन बनाए । यस्तै जेकी वेदराल्डले १७ र जेकी लेहमनले १६ रन बनाए । प्रतियोगितामा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले २१ तारिखमा पहिलो खेल खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest