इपीएलकाे दाेस्राे क्वालिफायर्समा भैरहवा र काठमाडाैं खेल्दै

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगको दोस्रो क्वालिफायर्समा आज काठमाडौं किंग्स र भैरहवा ग्लाडियटर्स विच प्रतिस्पर्धा हुनेछ । आजको विजेताले उपाधिका लागि ललितपुर पेट्रियट्ससँग खेल्नेछ ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेबाट सुरु हुनेछ । जारी लिगमा सुरुवाती तीन खेलमा जित निकालेको भैरहवा लिग चरणका अन्तिम दुई खेलमा पराजित भएको थियो । यता काठमाडौ लिगको दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायर्स खेलेको थियो ।

तर उसले ललितपुर पेट्रियट्ट विरुद्ध एक विकेटको हार ब्यहोरेको थियो । यता लिग चरणमा लक्की सावित हुँदै प्लेअफमा पुगेको चितवन विरुद्ध भैरहवाले इलिमिनेटर राउण्डमा चार विकेटले हराएको थियो ।

इपीएलमा यी दुई टिम समग्रमा तेस्रो र यो सिजन दोस्रो पटक खेल्न लागेका हुन । अघिल्लो संस्करणमा काठमाडौ किंग्स विरुद्ध भैरहवाले सात विकेटको जित निकालेको थियो । यो सिजनमा भने लिग चरणमा भैरहवा काठमाडौंसँग सात विकेटले हारेको थियो ।

आजको खेलमा काठमाडौंका नियमित कप्तान सोमपाल कामी मैदानमा फर्किनसक्ने संभावना रहेको छ । सुरुवाती खेलपछि उनी चोटका कारण मैदान बाहिर रहेका छन । जसको अभाव काठमाडौं खड्कीरहेको पनि छ । आजको विजेताले फाइनलमा शनिबार ललितपुरसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest