पाकिस्तान क्रिकेट बाेर्डले बीसीसीआई २० लाख डलर क्षतीपुर्ति तिर्नुपर्ने

बीसीसीआईविरुद्ध क्षतिपूर्तिका लागि दिएको निवेदनलाई आईसीसीले अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्डले उल्टो क्षतिपूति तिर्नु पर्ने भएको छ ।

सन् २०१४ र २०१५ मा हुनुपर्न दुई पक्षिय सिरिज नभएको भन्दै अघिल्लो महिना पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले आईसीसीको विवाद समाधान समिति (डिआरसी)मा निवेदन दिएको थियो । जसमा पीसीबीले ६ करोड तीस लाखको क्षतिपूर्ति दाबी गरेको थियो । यसको कानुनी प्रक्रियाका लागिमात्र पीसीबीले १० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ ।

तर डिसीआरले पीसीबीलाई उल्टो २० लाख अमेरिकी डलर बीसीसीआईमा बुझाउन निर्देशन दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest