बिग ब्यास लिगमा सन्दिप प्लेइङ सेटमा पर्ने संभावना बलियाे

बिग बास लिगमा सन्दिपकाे टिम मेलबर्न स्टार्सले शुक्रबार सिड्नी थन्डरविरुद्ध खेल्दैछ । जसका लागि मेलबर्नले घाेषणा गरेकाे टिममा सन्दिप लामिछानेकाे नाम समावेश गरिएकाे छ ।

१३ सदस्यीय खेलाडीको सूचिमा नेपाली बलर सन्दिप लामिछाने पनि छन् । कप्तान ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा पाँच जना क्षमतावान डेब्यु खेलाडीको नाम छ ।

जसमा नेपाली युवा स्पीनर सन्दिप लामिछानेसँगै ड्वाइने ब्राभो, ट्राभिस डिन, निक लार्किन र लान्स मोरिस छन् । यी पाँचै जना खेलाडी पहिलो पटक मेलबर्नको हरियो जर्सीमा देखिनेछन् । आज सार्वजनिक गरिएका खेलाडीले सातौं खेलसम्म निरन्तरता पाउनेछन् ।

मेलबर्न टिम

ग्लेन म्याक्सवे (कप्तान)
माइकल वियर
स्कट बोल्याण्ड
ड्वाइने ब्राभो
ज्याक्सन कोलम्यान
ट्राभिस डिन
बेन डंक
इभान गुल्बिस
सन्दिप लामिछाने
निक लार्किन
लान्स मोरिस
मार्कस स्टोनिस
एडम जाम्पा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest