इपीएलकाे दाेस्राे क्वालिफायर्समा काठमाडाैंले भैरहवालाई एक सय एक रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिगको दोस्रो क्वालिफायर्समा काठमाडौं किंग्सले भैरहवा ग्लाडिटयर्सलाई एक सय एक रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा एक सय रनमा अलआउट भयो । काठमाडौंका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सकेन । उसले २९ रन बनाउँदा तीन विकेट खेर फाल्यो । २४ रनमा पहिलो विकेट गुमाएको उसको सातौ ओभरमा लगातार दुई विकेट गयो ।

काठमाडौंका रोहन मुस्तफा ६ रनमा आउट भए भने नरेश बुढाऐर दुई र केभिन ओब्राइनले खाता खोल्न सकेनन् । त्यसपछि अमित श्रेष्ठपनि मात्र १३ रनमा आउट हुँदा उसले ३७ रनमा चौथो विकेट खेर फाल्यो । पाँचौ विकेटका लागि प्रविन साहु र सन्दिप रजालीले ३३ रनको साझेदारी गरेका थिए । तर साहु २५ रनमा आउट भएपछि काठमाडौंले पाँचौं विकेट गुमायो । त्यसपछि सोमपाल कामी मात्र सात रनमा पेभेलियन फर्किदा काठमाडौं झन दबावमा पर्यो ।

सो बेला काठमाडौंको स्कोरबोर्डमा ८७ रन थियो । त्यसपछि सन्दिप रिजाली २७ रनमा आउट हुँदा उसको ९४ रनमा सात विकेट गयो । अन्ततः काठमाडौंले बलियो लक्ष्य दिन सकेन । बलिङमा भैरहवाका कुशल मल्लले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest