काठमाडाैंलाई ६ विकेटले हराउँदै भैरहवा इपीएलकाे फाइनलमा

एभरेष्ट प्रिमियर लिगको उपाधिका लागि ललितपुर पेट्रियट्स र भैरहवा ग्लाडिटयर्स भिड्ने भएका छन । आज भएको दोस्रो क्वालिफायर्समा भैरहवाले काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा एक सय रनमा अलआउट भयो । काठमाडौंका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सकेन । उसले २९ रन बनाउँदा तीन विकेट खेर फाल्यो । २४ रनमा पहिलो विकेट गुमाएको उसको सातौ ओभरमा लगातार दुई विकेट गयो ।

काठमाडौंका रोहन मुस्तफा ६ रनमा आउट भए भने नरेश बुढाऐर दुई र केभिन ओब्राइनले खाता खोल्न सकेनन् । त्यसपछि अमित श्रेष्ठपनि मात्र १३ रनमा आउट हुँदा उसले ३७ रनमा चौथो विकेट खेर फाल्यो । पाँचौ विकेटका लागि प्रविन साहु र सन्दिप रजालीले ३३ रनको साझेदारी गरेका थिए । तर साहु २५ रनमा आउट भएपछि काठमाडौंले पाँचौं विकेट गुमायो ।

त्यसपछि सोमपाल कामी मात्र सात रनमा पेभेलियन फर्किदा काठमाडौं झन दबावमा पर्यो । सो बेला काठमाडौंको स्कोरबोर्डमा ८७ रन थियो । त्यसपछि सन्दिप रिजाली २७ रनमा आउट हुँदा उसको ९४ रनमा सात विकेट गयो । अन्ततः काठमाडौंले बलियो लक्ष्य दिन सकेन । बलिङमा भैरहवाका कुशल मल्लले तीन विकेट लिए ।

जवाफमा भैरहवाले १७ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसले पनि सुरुवात राम्रो गर्न सकेन । मात्र १० रनमा पहिलो विकेट गुमाएको भैरहवाले ३५ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । तेस्रो विकेटका लागि रोयन टेन डोच्केट र रवी इन्दर सिंह विच ३७ रनको साझेदारी भएको थियो ।

तर रायन ४५ रनमा आउट भएपछि उसले ७७ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि रवी इन्दर सिंहपनि ३१ रनमा आउट हुँदा भैरहवाको स्कोर ९१ रन थियो । उसका ओपनर प्रदिप ऐरी तीन तथा आरिफ शेख ५ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest