भारतीय महिला टिमकाे प्रशिक्षकमा रमन नियुक्त

भारतीय महिला क्रिकेट टिमकाे नयाँ प्रशिक्षकमा वोरकेरी (डब्लू बी) रमन नियुक्त भएका छन ।

महिला टी-२० विश्वकपमा इंग्ल्याण्डसँग सेमिफाइनलमा पराजित भएपछि तत्कालिन प्रशिक्षक रमेश पवार र मिताली राजका बीचमा चर्किएकाे द्वन्द्वका कारण उनको करार थप गरिएको थिएन् ।

भारतीय क्रिकेट बोर्डले महिला टिम प्रशिक्षक छनौट गर्नका लागि कपिलदेवको नेतृत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले आज आवेदन दिएका प्रशिक्षकहरुको अन्तर्वाता लिएको थियो । अन्तर्वातापछि भारतीय टिमका पूर्व ओपनर ब्याट्सम्यान वोरकेरी (डब्लू बी) रमनलाई प्रशिक्षक चयन गरेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest