बिग ब्यासका लागि सन्दिप तयार छन-म्याक्सवेल

इन्डियन प्रिमियर लिग (आईपिएल)मा आफूलाई प्रमाणित गरिसकेका नेपाली राष्ट्रिय टोलीका १८ वर्षे स्टार लेगस्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिगमा क्षमता देखाउन तयार रहेका छन । एकपछि अर्काे ब्यवसायिक लिगमा ब्यस्त सन्दिपले बिग ब्यासमा विश्वस्तरका उत्कृष्ट ब्याट्सम्यानहरुको परीक्षा लिन तयार भएका छन ।

सन्दीपले शुक्रबार क्यान्बेरामा सिड्नी थन्डर्सविरुद्ध मेलबर्न स्टार्सबाट डेब्यु गर्दैछन् । सन्दिपका विषयमा अष्ट्रेलियन क्रिकेट बाेर्डले पनि निकै बखान गरेकाे छ । उसले भनेकाे छ-हङकङमा भएकाे टी-२० ब्लिजमा माइकल क्लार्कले उनलाई प्रायोजन गरेर अस्ट्रेलिया बाेलाएका थिए ।  सन्दीपका लागि वर्ष २०१८ निकै फलदायी बन्याे । याे बर्ष उनले विश्वमा खेलिने ठुला प्रतियाेगिता एकपछि अर्काे रूपमा खेले ।

अघिल्लो वर्ष १३.८३ को औसतमा १८ विकेट लिएका एडेलेइड स्ट्राइकर्सका सुपरस्टार रशिद खानजस्तै सन्दीपको उपस्थिती पनि बिग बास लिगका लागि महत्वपूर्ण हुने म्याक्सवेलले बताए।

उनले भने सन्दिप अहिले नै त्यती ठुलाे स्टार भने भइसकेका छैनन्, तर उनले समयसँगै अाफुलाइ निखार्दै लगेका छन । म्याक्सवेलले फक्सस्पाेर्टसलाइ भनेका छन – ‘उनी उमेरअनुसार अत्यन्तै स्मार्ट बलर हुन् । दिल्लीमासँगै अभ्यास गर्दा मलाई उनको बल बुझ्न दुई साता लागेको थियो । त्यसअघि मैले हरेक बल सिधा प्रहार गर्थें वा बोल्ड हुन्थेँ । उनी एउटा पक्का स्टार हुन् । आइपिएलमा खेलेका दुई खेलमा उनले आफ्नो उपस्थिती प्रमाणित गरेको मैले देखेको थिएँ । उनीसँग त्यो बेला पनि पूर्ण रुपमा आत्मविश्वास थियो ।’

शनिबार मेलबर्नमा सम्पन्न नेपाल फेस्टिभलमा सन्दीपले  समर्थकलाई राम्रो व्यवहार नगरेको भन्दै अस्ट्रेलियामा बसोबास गर्ने केही नेपालीले सामाजिक सञ्जालमा  उनको कडा आलोचना पनि गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest