बिग ब्यासमा सन्दिपकाे डेब्यु दिन

बिग बास लिगमा नेपाली स्टार खेलाडी सन्दिप लामिछानेकाे टिम मेलबर्न स्टार्सले पहिलाे खेल खेल्दैछ । जसका लागि सन्दिप टिममा पर्ने लगभग पक्का रहेकाे छ ।  सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि टिमले सार्वजनिक गरेकाे नामावलीमा सन्दिपकाे नाम रहेकाे छ । याे खेल नेपाली समय अनुसार दिउसाे २ बजेबाट सुरू हुनेछ ।

टिमले सार्वजनिक १३ सदस्यिय खेलाडीको सूचिमा नेपाली बलर सन्दिप लामिछाने पनि छन् । कप्तान ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा पाँच जना क्षमतावान डेब्यु खेलाडीको नाम छ । जसमा नेपाली युवा स्पीनर सन्दिप लामिछानेसँगै ड्वाइने ब्राभो, ट्राभिस डिन, निक लार्किन र लान्स मोरिस छन् । यी पाँचै जना खेलाडी पहिलो पटक मेलबर्नको हरियो जर्सीमा देखिनेछन् ।

आज सार्वजनिक गरिएका खेलाडीले सातौं खेलसम्म निरन्तरता पाउनेछन् । लार्किन र मोरिस निक म्याडिसन र डान वोरालको इन्ज्युरीका कारण टिममा स्थान बनाउन सफल भएका हुन् । दायाँ हाते ब्याट्सम्यान लार्किन न्यू साउथ वेल्सका हुन् जसले परीक्षण खेलका क्रममा मेलबर्न रेनेजेडविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest