पाकिस्तानी क्रिकेटर नारिसमाथि घुस लिएकाे आरोप

बेलायतको नेसनल क्राइम एजेन्सीले पाकिस्तानका क्रिकेटर नासिर जमसेदले स्पट फिक्सिङमा घुस लिएको आरोप लगाएको छ । सन् २०१७ को पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा खेल मिलेमतो गरेको आरोपमा जमसेदलाइ १० वर्षको प्रतिबन्ध लगाएकाे थियाे ।

जमसेदसँग सम्बन्ध मुद्दा अनुसन्धान गर्दा घुस लिएको प्रमाण फेला परेको बेलायती एजेन्सीले दाबी गरेको छ । पाकिस्तान र बंगलादेशमा भएका टी–२० मा जमसेदबाहेक बेलायती नागरिक युसुफ अन्वर र मोहमद इजाजले स्पट फिक्सिङ गरेको एजेन्सीले जनाएको छ ।

म्याच फिक्सिङमा घुस लिएको आरोपविरुद्ध १५ जनवरीसम्म अपिल गर्नुपर्ने बेलायतको अदालतले जनाएको छ । यता क्राइम एजेन्सीले तीन क्रिकेटरविरुद्ध दरिलो प्रमाण फेला परेकाले उनीहरूको अपिल सुरुवातमै खारेज हुने बताएको छ । ‘हामीले तीन क्रिकेटरविरुद्ध लगातार अनुसन्धान गरेकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest