बिग ब्यास टि-२० मा सन्दिपकाे उत्कृष्ट बलिङ, वाटसन र कलुमकाे विकेट लिए

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास टि २० लिगको डेब्यु खेलमै दुई विकेट लिन सफल भएका छन ।

क्यानबेरामा सिडनी थन्डर्स विरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर दुई विकेट लिएका हुन् । लामिछानेले पहिलो ओभरमा किफायती बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका छन् ।

म्याच हाइलाईट्स

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/ZvfYbsPYkoA” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

सन्दीपले सिडनी थन्डर्सका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा २२ रनमा क्याच आउट गराए । यस्तै अन्तिम बलमा सन्दीपले कुलम फेर्गुसनलाई १५ रनमा आउट गरेका थिए ।

दोस्रो ओभरमा भने सन्दीपले ६ रन खर्चिए  । यस्तै तेस्रो ओभरमा १३ रन खर्चेको सन्दीपले आफ्नो अन्तिम ओभरमा भने ८ रन खर्चिएका थिए । टी-ट्वान्टी क्रिकेटमा निकै व्यस्त रहेका सन्दीप दुई साता अघि अष्ट्रेलिया गएका थिए ।

बिग ब्यास लिगकै दौरान सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । सन्दीपले बिग बासको पाँच देखि ६ खेल खेलेपछि बंगलादेश जानेछन् ।  बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest