हाेबर्ट विरूद्द सन्दिपकाे प्रदर्शन कस्ताे रहला ?

बिग बास लिग अन्तर्गत नेपाली स्पीनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले भाेली होबर्ट हुरिकेनसँग खेल्दैछ ।

पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा हुने यो खेल नेपाली समयअनुशार विहान साँढे १० बजे हुनेछ । पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको मेलबर्न पहिलो जीतको खोजीमा हुनेछ ।

हुरिकेनले भने पहिलो खेलमा ब्रिसबेन हिटमाथि जीत निकालेको थियो । पहिलो खेलमा दुई विकेट लिएका लेगस्पीनर सन्दिप लामिछाने आजको खेलमा पनि महत्वपूर्ण रहनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest