नयाँ टी-२० वरीयतामा नेपालका कप्तान पारस २ स्थान तल झरे

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको नयाँ टी ट्वान्टी वरीयतामा नेपालका कप्तान पारस खड्काको २ स्थान तल झरेका छन ।

वरीयताको ब्याटिङतर्फ कप्तान पारस दुई स्थान तल झर्दै ९७ औं स्थानमा रहेका छन् । यसअघि पारस ९५ औं स्थानमा थिए ।

यस्तै अलराउन्डरतर्फ पनि पारस एक स्थान झरेका छन् । शीर्ष ५० भित्र अटाएका पारसले ६८ अंकसहित ४२ औं स्थान हात पारेका छन् । यसअघि पारस ४१ औं स्थानमा रहेका थिए । अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी पनि शीर्ष १०० भित्र परेका छन् । सोमपाल ४२ अंकसहित ६४ औं स्थानमा यथावत रहेका छन् ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी र सोमपाल शीर्ष १०० भित्र अटाएका छन् । बसन्त ७४ औं स्थानमा छन् । बसन्तले एक स्थान सुधार गरेका हुन् । सोमपाल एक स्थान सुधार गर्दै ९२  औं स्थानमा उक्लिएका छन् ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest