सन्दिप लामिछानेको टिम मेलबर्नले होबर्ट हुरिकेन्सलाई एक सय ५६ रनको लक्ष्य

बिग बास लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न सिक्सर्सले होबर्ट हुरिकेन्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलबर्नले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ५५ रन बनाए । ३२ रन बनाउदा पहिलो विकेट गुमाएको मेलबर्नका लागि कप्तान ग्लेम म्याक्सवेल र निक लार्कीनले ८७ रनको साझेदारी गर्दै टिमलाई सम्हाले ।

उसका ट्रेभिस डियनले ११ तथा बेन डन्कले १० रन बनाए । यस्ते निकले ४५ तथा म्याक्सवेलले ४७ रनको योगदान गरे । यस्तै मार्कुस स्टोनिसले २२ र ड्वायन ब्राभोले १२ रन थपे । सन्दिपले भने ब्याटिङको मौका पाएनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest