सन्दिपले ३ विकेट लिएकाे खेलमा मेलबर्न भने पराजित

अष्ट्रेलियाको बिग बास लिगमा युवा स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएका छन् । तर, उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको छ ।

होवर्ट हुरिकेन्सबिरुद्धको खेलमा सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए ।
सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमै एलेक्स डोलनलाई ३ रनमा बोल्ड गरे । नवौं ओभरमा ७ रन खर्चेका उनले विकेट लिन सकेनन् ।

१४औं ओभरको दोस्रो बलमा सन्दीपले ५२ रन बनाएर खेलिरहेका हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई एडम जाम्पाको हातबाट क्याचआउट गराए । १६औं ओभरमा सन्दीपले म्याक–डर्मोटलाई २८ रनको स्कोरमा एलबीडब्ल्यू आउट गरे ।

सन्दीपले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको टिम मेलवर्न स्टार्सले भने लगातार दोस्रो खेलमा पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसका लागि कप्तान ग्लेन म्याक्स्वेलले ४७ र निक लार्किनले ४५ रनको पारी खेले । मार्क स्टोनिसले २२ रन बनाए ।

१५६ रनको लक्ष्य होवर्ट हुरिकेन्सले १८।४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान वेडले ५२, डियाक्री सर्टले ३४ तथा बेन म्याकडर्मोटले २८ र जर्ज बेलीले अविजित २७ रन बनाए ।
सन्दीपको टोली मेलवर्नले यसअघि पहिलो खेलमा सिड्नी थण्डरसँग पराजित भएका थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest